Madhes Khabar
समाज

जानकीटोलकी बालिकालाई ह्वील चेयर सहयोग

मधेसखबर
वीरगन्ज,२९ मंसिर : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ जानकीटोलकी अपाङ्गता भएकी बालिकालाई ह्वील चेयर सहयोग गरिएको छ ।वीरगन्जको राज होजियारीका सन्चालक राज साहले ती बालिकालाई बिहीबार उनकै घरमा पुगेर एक थान ह्वील चेयर प्रदान गरेका हुन् ।

समाजिक अभियन्ता बृजेश्वर प्रसाद चौघरीको पहलमा ती बालिकाले ह्वील चेयर सहयोग स्वरुप पाएकी हुन् । ह्वील चेयर हस्तान्तरण कार्यक्रममा अभियन्ता चौधरी, कन्हैया पटेल , पत्रकार दिनेश मिश्रा , स्थानीय सुधिर महत्तो , जयप्रकाश महतो केवट, राजन यादव,अनिल ठाकुर लगायतको पनि उपस्थिती थियो ।

Related posts

वीरगन्जमा आयाेजित कार्यक्रममा ५५ जनाले गरे रक्तदान

MadhesKhabar

लागुपदार्थ विरुद्ध वीरगन्जमा सानो पाइलाको सात दिने अभियान शुरु

MadhesKhabar

वीरगन्जमा प्राइम बैंकको कार्यक्रममा १० महिलासहित ७६ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment