वीरगन्ज,७असोजःवीरगन्जमा प्राइम बैंक लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ७६ जनाले रगत दान गरेका छन् । बैंकको आदर्शनगर शाखले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा १० जना महिलासहित ७६ जनाले रगत दान गरेका हुन् ।
रगत दान गर्नेहरुमा सुनिता राई,रिता साह, कृष्ण प्रसाद कानु, लक्ष्मण चौधरी, विरेन्द्र साह, अर्जुन चौधरी, प्रिन्स कुमार सिंह, मनमोहन शर्मा, धिरज चौधरी, सरोज श्रेष्ठ, सुनिल श्रेष्ठ, नितेश कुमार, रविन्द्र चालिसे लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुशवाहाले जानकारी दिए ।

