Madhes Khabar
समाज

ठाकुरराम क्याम्पसमा अनेरास्ववियुको कार्यक्रममा ३३ जनाद्वारा रक्तदान

मधेसखबर
वीरगन्ज,०६ माघ : वीरगन्जको ठाकुरराम बहुुमुखी क्याम्पसमा शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अनेरास्ववियु क्याम्पस इकाई कमिटी र खेलकुद महासंघले आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिला सहित ३३ जनाले रक्तदान गरेका छन् ।रक्तदान गर्नेहरुमा मेघराज यादव , प्रदीप साह , पवन कलवार , राजन गुप्ता , शक्ति अग्रवाल, भीमबली पटेल , मोनी गुप्ता , शीवानी गुप्ता , प्रियंका कुमारी लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक धिरेन्द्र झाले जानकारी दिए ।

नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंहको प्रमुख आतिथ्यता र अनेरास्ववियु वीरगंज महानगर कमिटी आशिफ अहमदको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल खेलकुद महासंघका मधेस प्रदेश इन्चार्ज मानदेव हजरा, उपमहासचिव शीवजी गुप्ता ,जिल्ला सचिव सन्दिप बस्नेत, खेलकुद महासंघका वीरगन्ज महानगर अध्यक्ष श्याम प्रसाद रौनियार, अनेरास्ववियु केन्द्रिय सदस्य मेराजुल हवारी, अनेरास्ववियु जिल्ला अध्यक्ष रेयाज अन्सारी,शुभ नारायण, सहयोगि सोनु पटेल, क्याम्पस प्रमुख उमेश चैरसिया, सन्दीप बस्नेत, नेकपा एमालेका इम्रान आलम , अनेरास्ववियु जिल्ला सचीव पवन यादव, शेखर अग्रवाल, राजन श्रीवास्तव लागयको पनि उपस्थिति थियोे ।

 

Related posts

पर्सा : शंकरसरैयाको सरकारी विद्यालयमा उपकार सेवा नेपालले दियो ५ थान पंखा

MadhesKhabar

पर्सामा दलित सशक्तिकरणका लागि सन्चालित कार्यक्रमको अनुगमन

MadhesKhabar

थारु कल्याणकारी सभा पर्साको साधारण सभा : थारुको अधिकार र पहिचानका लागि एकजुट हुन आह्वान

MadhesKhabar

Leave a Comment