Madhes Khabar
समाज

पर्सा : शंकरसरैयाको सरकारी विद्यालयमा उपकार सेवा नेपालले दियो ५ थान पंखा

वीरगन्ज,२७जेष्ठः पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ५ शंकरसरैयामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा एक परोपकारी संस्थाले ५ थान विद्युतीय पंखा सहयोग गरेको छ ।

उपकार सेवा नेपाल नामक संस्थाले गर्मीमा पठनपाठनमा बालबालिकाहरुलाई समस्या भएपछि त्यसैलाई मध्यनजर गर्दै ५ थाान पंखा सहयोग गरेको हो । उक्त विद्यालयमा शिशु कक्षादेखी ५ कक्षा सम्म १६० जना बालबालिका अध्ययनरत छन् ।

आइतबार विद्यालयमै पुगेर संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले विद्यालयका प्रधानाध्यापक रामनारायण प्रसाद थारुलाई ५ थान पंखा प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए । त्यसअवसरमा संस्थाकका सदस्यहरु पद्मा देवी सरावगी,सज्जन अग्रवाल,अंकुश शर्माका साथै विद्यालयका शिक्षक शिक्षिका ,स्थानीय अगुवा लगायतकोपनि उपस्थिती रहेको थियोे । !

Related posts

बाराको निजगढमा गाडीको ठक्करबाट आचार्यको मृत्यु

MadhesKhabar

वीरगन्जमा दाइजोबिना विवाह गरेका दुई दम्पति विवाहस्थलमै सम्मानित

MadhesKhabar

अस्थायी नयाँ कार्यकक्षबाट मन्त्री यादवले सुरु गरे कामकाज

MadhesKhabar

Leave a Comment