वीरगन्ज,२७जेष्ठः पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ५ शंकरसरैयामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा एक परोपकारी संस्थाले ५ थान विद्युतीय पंखा सहयोग गरेको छ ।
उपकार सेवा नेपाल नामक संस्थाले गर्मीमा पठनपाठनमा बालबालिकाहरुलाई समस्या भएपछि त्यसैलाई मध्यनजर गर्दै ५ थाान पंखा सहयोग गरेको हो । उक्त विद्यालयमा शिशु कक्षादेखी ५ कक्षा सम्म १६० जना बालबालिका अध्ययनरत छन् ।
आइतबार विद्यालयमै पुगेर संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले विद्यालयका प्रधानाध्यापक रामनारायण प्रसाद थारुलाई ५ थान पंखा प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए । त्यसअवसरमा संस्थाकका सदस्यहरु पद्मा देवी सरावगी,सज्जन अग्रवाल,अंकुश शर्माका साथै विद्यालयका शिक्षक शिक्षिका ,स्थानीय अगुवा लगायतकोपनि उपस्थिती रहेको थियोे । !

