
मधेसखबर
वीरगन्ज,११जेठः बाराको निजगढमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर ९ मा पिकअप गाडीको ठक्करबाट निजगढ नगरपालिका वडा नम्बर ९ कै सिताराम आचार्यको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गबाट दक्षिणतर्फको गौरी शंकर क्याम्पस स्थित भित्री सडक खण्ड अन्तर्गत निजगढ ९ मा बा प्रदेश ०३–००१ च ११४६ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा स्थानीयवासी आचार्यको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

