Madhes Khabar
समाज हेडलाइन

रेडक्रस सोसाइटी बाराको सभापतिमा पुन खड्का चयन

मधेसखबर
वीरगन्ज,१४ माघ : नेपाल रेडक्रस सोसाइटी बारा शाखाको सभापतिमा पुन राजेन्द्र सिंह खड्का चयन भएका छन् ।कलैयामा शनिबार सम्पन्न रेडक्रस सोसाइटी बारा शाखाको जिल्ला कार्य समितिको निर्वाचनबाट सभापतिमा पुन खड्का निर्विरोध चयन भएका हुन् ।

सभापति सहित १७ सदस्यिय कार्य समिति नै निर्विरोध चयन भएको निर्वाचन अधिकृत एंव रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति वीरेन्द्र राज कँडेलले जानकारी दिए ।बारा शाखाको महिला उपसभापतिमा इश्वरी ठाकुर , उपसभापतिमा शम्भु प्रसाद , मन्त्रीमा वीरेन्द्र यादव , कोषाध्यक्षमा उदय कुमार नेपाल , उपमन्त्रीमा कृष्ण प्रसाद खरेल, उपकोषाध्यक्षमा रामकुमार उप्रेती पनि निर्विरोध चयन भएका छन् ।

यस्तै महिला सदस्यमा उर्मिला साह , रुपा अधिकारी र पुनम कुमारी थापा , खुल्ला सदस्यमा दिव्यनाथ श्रेष्ठ , शुसिलराज गौतम , मोहन प्रसाद चौधरी , तेजनारायण जयसवाल , नारायण प्रसाद शर्मा , कृष्णनन्द गिरि र हरेन्द्र प्रसाद यादव पनि निर्विरोध चयन भएको निर्वाचन अधिकृत कँडेलले जानकारी दिए ।

 

Related posts

नबिल बैंक चोरी प्रकरण :चोरी भएमध्येको केहि रकम भेटियो, दुई भारतीयसहित चार पक्राउ

MadhesKhabar

वीरगन्जबाट अनुगमनमा गएका कर्मचारीहरुमाथि कुटपिट,इन्स्पेक्टरको मोबाइल पनि फुटाइयो

MadhesKhabar

टि-२० सिरिज : हङकङलाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

Leave a Comment