Madhes Khabar
समाज

वीरगन्जमा राेटरी क्लबकाे कार्यक्रममा ५० जनाद्वारा रक्तदान

मधेसखबर
वीरगन्ज ,०९पुस: वीरगन्जमा शनिबार रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिस परिवारको सयुँक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्जको माईस्थानमा भएको रक्तदाा कार्यक्रममा ५ महिला सहित ५० जनाले रक्तदान गरेका छन् ।

रगतदान गर्नेहरुमा अमित सर्राफ, सौरभ वर्णवाल, प्रिती गुप्ता, रामविनय यादव, पियुष दारुका, मुस्कान अग्रवाल लगायत रहेकाे रक्तसन्चार केन्द्र वीरगन्जले जनाएकाे छ ।

चिसो मौसम शुरु भएसँगै रगतको अभाव हुने हुँदा रक्तदान कार्यक्रमको आयोजना गरिएको रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसका सचिव चन्दन सिंहले बताए ।

क्लबका अध्यक्ष सुरेश गोर्खालीको अध्यक्षता तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे रक्तदान कार्यक्रममा युवा नेता ओमप्रकाश सर्राफ, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, डा. आनन्द झा, अभिषेक चौधरी लगायतको उपस्थिती रहेको क्लबका उपाध्यक्ष दीपु वर्णवालले जानकारी दिए ।

Related posts

वीरगन्जमा मानव सेवा आश्रमको वार्षिकोत्सवमा १८ जनाले गरे रगत दान

MadhesKhabar

वीरगंजको लालपर्सामा भएको स्वास्थ्य शिविरमा ४ सय जनाभन्दा बढीकोे चेकजाँच

MadhesKhabar

रानीघाटमा आयोजित रक्तदान कार्यक्रममा ७० जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment