
वीरगन्ज,१६ बैशाख : वीरगन्जको रानीघाट चोकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दूर्गा पूजा सेवा समिति रानीघाटले आयोजना गरेको रक्तदान कार्यक्रममा ७ महिलासहित ७० जाले रगतदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा प्रमोद कुमार गुप्ता, सनोज गुप्ता, चन्दन सिंह, अबिनास चौहान, अन्नु श्रीवास्तव, सुमन श्रीवास्तव, राजु गुप्ता, बिजय राम, सर्मिला बस्नेत, सतिश सिंह राजपुत, नुरुल होदा, सुधिर सिंह, रयाजुल अंसारी, रामप्रित महतो, ओमप्रकाश यादव, जयराम यादव, गान्धी पतवारी, साजन कुमार सिंह, संजिव कुमार महरा, सोनु कुमार कानु, पुजा सर्राफ, करण साह, कृष्ण कुमार कलवार, रंजन कुमार साह, सुदान साह, साहिल रौनियार, राधा साह लगायतका रहेको पत्रकार प्रणय साहले जानकारी दिए ।
दुर्गा पूजा सेवा समितिका अध्यक्ष सतिश सिंह राजपुतको अध्यक्षता तता नेपाली कांग्रेसका नेता पन्नालाल साहको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा स्थानीय समाजसेवी , युवा , लगायतको सहभागीता थियो ।
समितिले प्रत्येक ६ ÷६ महिनामा नयाँ वर्ष र दशैँको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । यसपटक नेपाली नयाँ वर्षको अवसरमा १९ औँ पटक रक्तदान कायृक्रमको आयोजना गरिएको अध्यक्ष राजपुतले जानकारी दिए ।

