Madhes Khabar
समाज हेडलाइन

वीरगंजको लालपर्सामा भएको स्वास्थ्य शिविरमा ४ सय जनाभन्दा बढीकोे चेकजाँच


मधेसखबर
फाल्गुन २७ गते , शनिवार : विश्व नारी दिवसको उपलक्ष्यमा पर्सा चिकित्सक श्रीमती संघ र फोरजीआर संस्थाको समन्वयमा पर्साको ग्रामीण भेगमा पर्ने वीरगंज महानगरपालिका वडा नम्बर ३० लालपर्सा हेल्थ पोष्टमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पर्साको ग्रामीण भेगका जनतालाई लक्षित गर्दै संचालन गरीएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७ जना सेवाग्राहीले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् । शिविरमा खासगरी उच्च रतmचाप , मधुमेह , ग्यास्ट्रिक , दात सम्बन्धी समस्या त्यस्तै महिला स्वास्थ्य तथा प्रजनन सम्बन्धी समस्या तथा बालबालिकाहरुको विभिन्न समस्या सम्बन्धि सम्बन्धित चिकित्सकहरुले चेकजाँच गरेका थिए ।

स्वास्थ्य जाँच गराउन आएकी ६५ वर्षिय किसमतीया देवीले बेलाबेलामा गाउँमै संचालन हुने यस्ता शिविरले गाउँका जनतालाई राहत दिने गरेको बताईन् । उनले आफ्नो खुट्टामा समस्या भएको हिड्न समेत समस्या भईरहेको बेला शहरको अस्पताल जान पैसा र समय दुवैको ख्याल गर्नपर्ने अवस्थामा आज संचालन गरीएको निशुल्क स्वास्थ्य शिविरले राहत प्रदन गरेको भन्दै खुशी व्यतm गरीन् ।

त्यस्तै लालपर्साकै ७० वर्षिय रुपनारायण प्रसाद भन्छन् , “आँखाको शल्यक्रिया गराए ।तर हाल आँखा दुख्ने समस्याले ग्रसित भएको र धेरै पटक वीरगंजको अस्पतालमा जान सोचे तर कामले फुर्सद नै नहुने फेरी खर्चको लागि पनि सोच्नैपर्ने बाध्यता हामी जस्ता मध्यम वर्गिय परिवारलाई हुन्छ नै । त्यसैले यो शिविरमा आएर चेकजाँच गराएको हुँ । वरिष्ठ डाक्टरहरु हुनुहुन्छ चेकजाँच पनि राम्ररी भयो । खुशी लागेको छ । बेला बेलामा सधै यस्तो शिविर संचालन भईदिए । हामी जस्तालाई सहज हुने थियो ।”

संघकी सचिव निशा सिँहले ग्रामीण भेगका जनताहरुलाई चेकजाँचकै लागि शहर धाउन पर्ने बाध्यता तथा आर्थिक अवस्थाको ख्याल गर्दै स्वास्थ्य सेवा घरदैलोमै पुर्याउने उद्देश्यले चिकित्सकहरुको टोलि सहित गाउँमै आईपुगेको बताईन् ।

त्यस्तै वडा नम्बर ३० का वडा अध्यक्ष मनोज कुमार यादवले पनि बेला बेलामा गाउँमै संचालन हुने यस्ता शिविरले ग्रामीण भेगका जनताहरु लाभान्वित हुँदै आएको बताए । त्यहाँ आएका सेवाग्राहीहरु पनि स्वास्थ्य जाँच सजिलै र निशुल्क रुपमा गराउन पाउँदा खुशी व्यतm गरेका छन् ।

शिविरमा वरिष्ठ फिजिसियन डा.निरज सिंह , डा.राम किशोर सिंह; , बाल रोग बिषेशज्ञ डा.अशोक दास , स्त्री रोग विषेशज्ञ डा. दिप्ती यादव , दन्त रोग विषेशज्ञ डा.सोनी झा र डा. प्रेरणा सिंहको टोलिले चेकजाँच गरेका थिए ।

शिविरमा पर्सा चिकित्सक संघकी अध्यक्ष श्रीमती नीता झा , कोषाध्यक्ष लुना बेनर्जि , सह सचिव पिया सिँह , निभा दास र कल्पना भगत लगायतले सहजीकरण गर्नुभएको संघकी सचिव श्रीमती निशा सिँहले जानकारी गराईन् ।

Related posts

जानकीटोलकी बालिकालाई ह्वील चेयर सहयोग

MadhesKhabar

उद्योगमन्त्री रिजालको स्वकिय सचिवमा यादव र श्रेष्ठ

MadhesKhabar

बारामा लागु औषध गाजा सहित तीन जना पक्राउ

MadhesKhabar

Leave a Comment