Madhes Khabar
राजनीति हेडलाइन

उद्योगमन्त्री रिजालको स्वकिय सचिवमा यादव र श्रेष्ठ

मधेसखबर
वीरगन्ज,२४ चैत : संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालको स्वकिय सचिवमा नेपाली कांग्रेसका युवा नेता राकेश यादव नियुक्त भएका छन् ।

पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर २ निवासी यादवलाई मन्त्री रिजालले स्वकीय सचिवमा नियुक्त गरेका हुन् । नेपाल विधार्थी संघका पूर्व जिल्ला सभापति समेत रहेका यादव ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व स्ववियु सचिव पनि हुन् ।

यस्तै मन्त्री रिजालको प्रथम स्वकिय सचिवमा भने कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ नियुक्त भएका छन् । पर्साको ठोरी गाँउपालिका निवासी श्रेष्ठ , गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट गाँउपालिका अध्यक्षको प्रत्याशी थिए ।

Related posts

परवानीपुरमा काँग्रेस,एमाले र जसपाका ३ सय जना लोसपामा प्रवेश

MadhesKhabar

गरिमाको बलात्कारपछि हत्या घटनामा संलग्न आरोपमा थप १ जना पक्राउ

MadhesKhabar

अघोषित लोडसेडिङले पर्सा-बाराका उद्योगहरु समस्यामा

MadhesKhabar

Leave a Comment