Madhes Khabar
समाज

बारामा लागु औषध गाजा सहित तीन जना पक्राउ

मधेसखबर
वीरगन्ज,२०फागुन : बारामा प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले अटो रिक्सामा लागु औषध गाजा ओसार्ने ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नंबर २२ चकरीका २५ वर्षिय नरेश बम , ४३ वर्षिय हिरामान थिङ र ३५ वर्षिय सुरेश स्याङतान रहेका छन्। उनिहरुको साथबाट लागु औषध गाजा १२ बेजी बरामद गरिएको बाराका प्रहरी उपरीक्षक हाोविन्द्र बोगटीले जानकारी दिए ।

अमलेखगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० नम्बरको अटो रिक्सा प्रहरीले चेकजाँच गर्ने क्रममा अटा ेभित्र लुकाई छिपाई राखिएको अवस्थामा गाजा बरामद भएको उनले बताए । लागू औषध गाजा सहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर लागु औषध मुद्दामा थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।

Related posts

उदयपुरमा ट्रक दुर्घटना हुदा बाराका चार जानको मृत्यु

MadhesKhabar

वीरगन्जका युवकलाइ हेटौडाको होटलमा बन्धक बनाएर फिरौती माग्ने तीन जना पक्राउ

MadhesKhabar

बाराको निजगढमा गाडीको ठक्करबाट आचार्यको मृत्यु

MadhesKhabar

Leave a Comment