Madhes Khabar
समाज

उदयपुरमा ट्रक दुर्घटना हुदा बाराका चार जानको मृत्यु

सांकेतिक तस्वीर

मधेसखबर
वीरगन्ज,१६जेठः
उदयपुरको कटारी नगरपालिका–१४ भदौरे स्थित चनौटेमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा बाराका चार जनाको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना.८.ख.८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्ग अन्तरगत उदयपुरको चनौटे स्थित खोला नजिक सोमबार बिहान साढे २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ कै १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।

प्रहरीका अनुसार कच्ची सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ सडकबाट करिव १ सय मिटर तल खसेको हो । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

पर्साका जनताले भोगेका समस्याहरु प्रति काँग्रेसको चासो

MadhesKhabar

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

बारामा सौतेनी आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ

MadhesKhabar

Leave a Comment