Madhes Khabar
समाज

बारामा सौतेनी आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ

मधेसखबर
वीरगन्ज ,०८ असाेज: बारामा सौतेनी आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।

सौतेनी आमाको हत्या गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–७ रंगपुर निवासी २५ वर्षीय जयकिशोर यादव पक्राउ परेका हुन् ।

यादवले गत भदौ ३० गते सौतेनी आमा तेतरी देवीको खुकुरीले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तेतरी देवीले आफ्ना पति शिवनारायण यादव र छोरा जयकिशोरलाई पटक–पटक आफ्नो नागकिरता बनाइदिन आग्रह गर्दै आएकी थिइन्।

तेतरी देवीको करिब ३० वर्ष अगाडि शिवनारायणसँग विवाह भएको थियो। उनीबाट सन्तान छैनन्।

तर तेतरी देवीकान्छीले नागरिकता पाएपछि अंश दिनुपर्ने भन्दै छाेरा जयकिशाेरले बुबा शिवनारायणलाई नबाइदपन दबाब दिएपछि शिवनारायणले तेतरीलाई नागरिकता बनाउनमा आलटाल गर्दै आएको अनुसन्धानको क्रममा खुलेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

त्यहि विषयलाई लिएर गत भदौ ३० गते घरायसी विवाद हुँदा जयकिशोरले सौतेनी आमाको खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका थिए।

फरार रहेका उनलाई पर्साको इनर्वाबाट पक्राउ गरिएको बोगटीले जानकारी दिए। यसअघि घटना भएको भोलिपल्ट भदौ ३१ गते नै उनका बुवा शिवनारायणलाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट म्याद थप गराइ कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

Related posts

लागु औषधको कुलतबाट सन्तानलाई जोगाउन अभिभावक सचेत हुनुपर्छ : उपमेयर आलम

MadhesKhabar

ठोरीकोे बृद्धा आश्रममा उपकार सेवा नेपालद्वारा खाद्यान्न सामाग्री सहयोग

MadhesKhabar

गणतन्त्र दिवसमा नारायणी अस्पतालमा नेविसंघद्वारा फलफूल वितरण

MadhesKhabar

Leave a Comment