Madhes Khabar
समाज

लागु औषधको कुलतबाट सन्तानलाई जोगाउन अभिभावक सचेत हुनुपर्छ : उपमेयर आलम

वीरगन्ज,१७फागुन : वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा रहेको मोडेल कलेजमा बुधबार लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले लागुऔषध ओसार पोसार तथा लागुऔषध सेवनको कुलतमा आफना सन्तानलाई फस्न नदिन अभिभाभवकहरु सचेत रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी विधार्थीहरुलाई वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटी र मनिषा लौडरीले लाई लागु औषधको सेवनले हुने हानी , यसको सेवन र कारोबार गर्ने विरुद्ध हुने कारबाहीका बारेमा जानकारी गराएका थिए ।

सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंबर २ का वडाध्यक्ष मोहम्मद रेयाज मिया तेली,वडा नंबर ३ का वडाध्यक्ष बैजु स्वर्णकार, संस्थाका वरिष्ठ उपाध्यक्ष अब्दुल हक , सचिव प्रवीण विक्रम शाह, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सदस्य अजित कुमार भुजेल, अब्दुल कैश मिया तेली,अरुण कुमार गोयल लगायतको पनि सहभागीता थियो ।

 

Related posts

स्वर्गीय पत्रकार नरेश सर्राफकी छोरीलाई वीरगन्ज महानगरले दियो पाँच लाख

MadhesKhabar

बारामा प्रहरीले आयाेजना गरेकोे कार्यक्रममा ६८ जनाले गरे रगतदान

MadhesKhabar

आमा–बुबा दुवैको मृत्यु भएपछि तीन बालबालिकाको बिचल्ली, सहयोगका लागि अपिल

MadhesKhabar

Leave a Comment