Madhes Khabar
समाज

वीपीसी कलेजका विधार्थीहरु सामाजिक सेवामा सकृय : १ सय ४४ जनाद्वारा रगतदान

माधुरी महत्तो
वीरगन्ज,३१असार : वीरगन्ज पब्लिक कलेजमा विधार्थीहरुको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कलेजको बिबिए संकायको प्रथम वर्षमा अध्ययनरत विधार्थीहरुले कलेज परिसरमै आयोजना गरेको रक्तदान कार्यक्रममा २८ महिला सहित १ सय ४४ जनाले रगतदान गरेका छन् ।

रगतदाान गर्नेहरुमा सुस्मा कर्ण ,श्रीराम साह ,मुकेश साह , खुश्बु कुमारी ,रिपु यादव ,सुजाता चौधरी ,मेघा कुमारी साह , विपिन भट्टराइ ,राकेश कुमार साह लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

कलेजका प्रमुख डाक्टर विनय श्रेष्ठको अध्यक्षता र नेपाली सेनाको श्री जङ्ग गणका गणपति डायमण्ड कार्कीको प्रमुख आतिथ्यतामा भएकाो रक्तदान कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, कलेजका सहायक प्रमुख अरविन्द श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।

Related posts

वीरगन्ज २२ मा काँग्रेसको प्यानल नै विजयी , वडाअध्यक्षमा द्वारीका निर्वाचित

MadhesKhabar

वीरगन्जबाट चोरी भएका मोटरसाइकलसहित दुई चोर सर्लाही र बाराबाट पक्राउ

MadhesKhabar

बाराकाे चिलझपटीमा आगलागीकाे घटना भएलगत्तै पिडितहरुलाई पुर्वमन्त्री साेनलले गरे खाद्यान्न सहयाेग

MadhesKhabar

Leave a Comment