Madhes Khabar
समाज

कालिकामाइका विधालय र सामुदायिक भवन परिसरमा वृक्षारोपण

मधेसखबर

वीरगन्ज,१९ साउन : पर्साको कालिकामाई गाउपालिका वडा नम्बर २ भेडिहारीमा रहेको सामुदायिक विधालय र सामुदायिक भवन परिसरमा बृक्षारोपण गरिएको छ ।

वडा नम्बर २ काे आयोजनमा भएको बृक्षारोपण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी नेकपा एमालेका पर्साका अध्यक्ष एवं संविधानसभा सदस्य जयप्रकाश थारूले बिरुवा रोपेर गरेका थिए।

सुकइ  साह मावि,रामजानकि प्रावि र प्रास्तावित कन्या माविको जग्गा तथा नवनिर्मित सामुदायिक भवन परिसरमा विभिन्न ७ प्रजातीका बिरुवा रोपिएको हो ।

वडा अध्यक्ष सोनालाल चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा  वडा वासीलाई बिरुवा वितरण समेत गरिएको थियो । वातावरणीय प्रतिकुलतामा सुधारको प्रयासका लागि वडामा यस वर्ष २ हजार बिरुवा रोपेर हुर्काउने लक्ष्य रहेको वडा अध्यक्ष चौरसियाले बताए ।

कार्यक्रममा नेकपा एमाले कालिकामाई गाउपालिका कमिटीका अध्यक्ष अनुप तिवारी ,सचिव बिजय साह गोण,वडा नम्बर १ का अध्यक्ष मोतिलाल कुर्मी , नेकपा एमाले वडा नम्बर २ का अध्यक्ष मनमोहन चौरसिया,वडा नम्बर ४का अध्यक्ष जितेन्द्र साह कलवार,जिराभवानी गाउपालिका वडा नम्बर १ र २ का वडा अध्यक्ष,स्थानिय विधार्थी,शिक्षक तथा नागरिक अगुवाहरूको सहभागिता रहेको थियो ।

Related posts

महिला नेताहरु सडकमा, भन्छन् – पुरुष मात्रै उम्मेदवार भए महिलाले भोट नै हाल्दैनौ

MadhesKhabar

भोजपुरी प्रतिष्ठान वीरगंजले मनायो स्व. भिखारी ठाकुरको १३६ औँ जन्मज्यन्ती

MadhesKhabar

पर्साको सोनबर्षामा आयोजित कार्यक्रममा २२ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment