Madhes Khabar
समाज

पर्साका जनताले भोगेका समस्याहरु प्रति काँग्रेसको चासो

मधेसखबर
वीरगन्ज,०२साउन : पर्साका आम नागरिकले भोगका समस्या सामधानको माग गर्दै नपाली काँग्रेस पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ ।

 

काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री सहितको टोलीले जिल्ला प्रसासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाइ विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

आगामी संघिय र प्रदेश निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य प्रत्येक वडामै गर्नु पर्ने , अविलम्व रासायनिक मल उपलब्ध गराई कृषकहरुको समस्या समाधान गर्नु पर्ने काँग्रेस पर्साको माग छ ।

यस्तै ईलाका प्रशासन कार्यालय सुपौलीमा आवश्यक जनशक्तिको प्रबन्ध मिलाउनु पर्ने , पोखरियामा पनि ईलाका प्रशासन कार्यालय पुन स्थापना गर्नु पर्ने ,हुलाकी सडकको वीरगंज–ठोरी सडक खण्डमा सुरक्षाका लागि गण्डक नहर चौक नवरंगिया पुलं नीर प्रहरी चौकी स्थापना गर्नु पर्ने र पर्सालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने माग सहितको ज्ञापनपत्र प्रमलाइ बुझाइएको हकाँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले बताए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पुर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, जिल्ला उपसभापति रामनारायण कुर्मी, प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सचिव दिनेश चौधरी, प्रदेश सदस्य ममता चौधरी, नेता रामरुप कुर्मी, वीरगंज महानगरपालिकाका उपमेयर इमितयाज आलम लगायतको सहभागिता रहेको थियो ।

Related posts

वीरगन्जमा सिटिजन बैंकको वार्षिकोत्सवमा १८ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जको रामगढवामा ८१ जनाद्धारा रगत दान

MadhesKhabar

पर्सा–बारामा तेरापंथ युवक परिषदले आयोजना गरेको शिविरमा १ हजार १२७ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment