बारा,२असोजःबाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० निलकण्ठवामा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रगत दान गरेका छन् ।निलकण्ठवाको नवदुर्गा पूजा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिलासहित ४१ जनाले रगत दान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा कलावती देवी, रम्भा देवी, सिन्धु कुशवाहा, आकाश चौरसिया, प्रहलाद चौरसिया, सन्जित कुमार सिंह, नितेश कुमार चौरसिया, अलक प्रसाद कुश्वाहा लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ ।
उक्त रक्तदान कार्यक्रममा समितिका रक्तदान कार्यक्रम संयोजक दयासिन्धु कुशवाहा, पत्रकार प्रहलाद चौरसिया,नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ता लगायतकाकोपनि उपस्थिति रहेको थियो।

