वीरगन्ज २५ फागुन: ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति पर्सा द्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका महिलाहरू, उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नारी सशक्तीकरण, महिला उद्यमशीलता प्रवर्द्धन तथा समाजमा महिलाको भूमिकाबारे आफ्ना विचार व्यक्त गरेका थिए।
समितिकी अध्यक्ष राधा हमालले कार्यक्रममा उपस्थित भई साथ र सहयोग पुर्याउने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि महिला उद्यमशीलता र सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिइने बताइन्।


