Madhes Khabar
समाचार

इन्जिनियरको चुनावमा कांग्रेस निकटका उम्मेदवारहरु निर्वाचित (मत परिणामसहित)

काठमाडौं,३०भदौंःइन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एशोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत पाउँदा उनलाई पछ्याएका पाण्डेले २ हजार ८१० मत पाए ।

२५ सदस्यीय एशोसिएसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेन बाहिरका विजयी भएका छन् । शुक्रबार मतदान भएर आइतबार सकिएको मत गणनामा डेमोक्रेटिक इन्जिनियर्स समूहले केन्द्रीय कार्य समितिमा बहुमत ल्याएको हो ।साभारः अनलाइनखबर

Related posts

सिम्रौनगढमा मालपोत र नापीको शाखा यथाशिघ्र सन्चालन गर्न युवाहरुको माग

MadhesKhabar

सरकारसंग सांसद हजराकाे प्रश्न : पर्साका जनता पानीका लागि कहिलेसम्म व्याकुल भएर तड्पी रहने ?

MadhesKhabar

अफताब आलम सफाइ प्रकरणमा मन्त्री,न्यायाधीश र वकिलको कल डिटेल जाँच गर्न माग

MadhesKhabar

Leave a Comment