वीरगन्ज,८कार्तिक:जनता समाजवादी पार्टी(जसपा) काे भातृ संगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष सन्ताेष यादवकाे निधन भएकाे छ ।
बाराकाे परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनी घर भएका ३७ वर्षिय यादवकाे मंगलबार राति निधन भएकाे हाे।काठमाडौंस्थित वीर हस्पिटलमा यादवकाे मंगलबार राति १२.३० बजे निधन भएको परिवारजनले जनाएका छन् ।यादव मंगलबार दिउँसो नर्भिक अस्पतालबाट वीर अस्पतालमा रिफर भएका थिए । यादवको वीर हस्पिटलमै निधन भएको हो ।
जन्डिस भएपछि यादव करिब एक महिना पहिले अस्पताल भर्ना भएका थिए ।उपचारकै क्रममा स्वास्थ्य अवस्था जटील बनेपछि चारदिन पहिले नर्भिक अस्पतालमा चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेकाेमा मंगलबार दिउँसो उनलाई वीर हस्पिटलमा रिफर गरिएको थियाे ।
बुवा-आमाका एक्लाे छाेरा यादवका दुई छाेरा र पत्नी छन् ।

