Madhes Khabar
समाचार

विन्दवासीनी गाँउपालिका : अध्यक्ष चढ्ने गाडी बृद्धबृद्धा र अशक्तका लागि प्रयोग गरिने

मधेसखबर
वीरगन्ज,१४असार : पर्साको बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष चढ्न खरिद गरिएको गाडी , अब पालिकाका वृद्धवृद्धा र अशक्तका लागि प्रयोग गरिने भएको छ ।

यसअघिका अध्यक्षको पालामा गाँउपालिकाले खरिद गरेको स्कार्पियो गाडी अहिलेका अध्यक्ष प्रमोद तिवारीले नचढ्ने र उक्त गाडी अब पालिकाका बृद्धबृद्धा र अशक्तहरुको यातायातका लागि प्रयोग गरिने भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत राजु साहका अनुसार , गाँउकार्यपालिकाको पहिलो बैठकले नै पालिका अध्यक्षका लागि रहेको गाडी सामाजिक सुरक्षा भत्ता लिन बृद्धबृद्धा र अशक्तहरुलाइ घरबाट बैंक सम्म लैजान र बैंकबाट फेरि घर सम्म पुरयाउनका लागि प्रयोग गरिने निर्णय गरको हो ।पालिका अध्यक्ष तिवारी स्वंयले नै आफुले नीजी गाडी प्रयोग गर्ने र सरकारी गाडी बृद्धबृद्धा र अशक्तको यातयातका लागि प्रयोगमा ल्याउने प्रस्ताव गरेको साहले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृतसाहका अनुसार बिन्दबासिनी गाँउपालिकामा अब सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जानुपर्ने वृद्धवृद्धा र अशक्तलाई लक्षित गरी पालिकाले निःशुल्क यातायात सुविधा उपलब्ध गराउने भएको हो ।

यस्तै कार्यपालिका बैठकले पालिकाका कोहि पनि बिरामी उपचारका लागि वीरगन्जका कुनै पनि वा क्लिनीकमा जानु पर्दा पालिकाले इन्धन खर्च बापत ५ सय रुपैया मात्र शुल्क लिएर एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय पनि गरेको साहले जानकारी गराए ।

Related posts

मधेस प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध बलात्कार आराेपमा पक्राउ पुर्जी जारी

MadhesKhabar

बारामा विषालु सर्पले डस्दा एक वृद्धको मृत्यु

MadhesKhabar

वीरगन्ज नाकामा खुलेयाम एयरगन लिएर हिड्दै गरेका भारतीय नागरिक हुसेन पक्राउ

MadhesKhabar

Leave a Comment