Madhes Khabar
समाचार

वीरगन्जको कुम्हाल टोलको एक घरमा सशस्त्र प्रहरीको छापा, ८ लाखको कपडा बरामद

वीरगन्ज,१७पुसःवीरगन्जस्थित एक घरमा सशस्त्र प्रहरीले छापा मारेर तस्करीको ८ लाख रुपैयाँ बढीको कपडा बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ७ कुम्हाल टोलस्थित एक घरमा सशस्त्र प्रहरीले बुधबार छापा मारेर ८ लाख २८ हजार रुपैयाँ मूल्यको कपडा बरामद गरेको हो ।घरधनीको नाम भने सशस्त्र प्रहरीले खुलाएको छैन ।

सुराकीका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सार कार्यालयबाट खटिएको टोलीले राजश्व छलेर भारतबाट ल्याएर घरमा गोदाम बनाई राखिएको कपडा बरामद गरेको हो ।

बरामद कपडा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुबाले जानकारी गराए।

Related posts

जैविक विविधताका लागि अन्तर्राष्ट्रिय दिवस: पर्साकाे जिराभवानीमा सचेतनामुलक रयाली

MadhesKhabar

पर्साको वीरगन्ज सहितका नाकाबाट सशस्त्र प्रहरीद्वारा २१ करोड बढीको तस्करीको सामान बरामद

MadhesKhabar

वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई पितृ शोक

MadhesKhabar

Leave a Comment