Madhes Khabar
समाचार

बाराको मटिअर्वा नाकामा भारतीय एसएसवीको ज्यादती

 

मधेसखबर

वीरगन्ज,२४जेठ: भारतीय सीमा सुरक्षाकर्मी (एसएसबी) को कुटाइबाट बारामा एक नेपाली नागरिक घाइते भएका छन् ।

मटिअर्वा नाकामा एसएसबीको कुटाइबाट बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० निवासी सजिल मियाँ घाइते भएका हुन् ।

मटिअर्वा नाका हुँदै भारतको आदापुरमा बिहेको सामान खरिद गर्न जान लागेका मियाँलाई नाकामा खटिएका भारतीय सुरक्षाकर्मीको टोलीले निर्घात कुटपिट गरेको हो ।

कुटपिटबाट घाइते मियाँको कलैयाको अस्पतालमा  उपचार भइरहेको छ ।

भारतीय एसएसबीको ज्यादतीको बिरोधमा स्थानीयले मटिअर्वा नसकामा भारतीय प्रहरीको गाडी तोडफोड गरेका छन् ।

ज्यादतीको बिरोधमा उत्रिएका स्थानीयले नाकामा प्रदर्शन गर्दै कुटपिटमा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारवाहीको माग गरेका छन् ।

 

Related posts

१९ जना यात्रु लिएर पोखराबाट उडेको विमान सम्पर्क विहिन

MadhesKhabar

बहुदरमाइ नगरपालिकाबाट २४० केजी गाजा बरामद

MadhesKhabar

कलैयाको यातायात कार्यालयले ४ महिना मै उठायो २ करोड २० लाख राजश्व

MadhesKhabar

Leave a Comment