Madhes Khabar
समाचार

बाराको मटिअर्वा नाकामा भारतीय एसएसवीको ज्यादती

 

मधेसखबर

वीरगन्ज,२४जेठ: भारतीय सीमा सुरक्षाकर्मी (एसएसबी) को कुटाइबाट बारामा एक नेपाली नागरिक घाइते भएका छन् ।

मटिअर्वा नाकामा एसएसबीको कुटाइबाट बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० निवासी सजिल मियाँ घाइते भएका हुन् ।

मटिअर्वा नाका हुँदै भारतको आदापुरमा बिहेको सामान खरिद गर्न जान लागेका मियाँलाई नाकामा खटिएका भारतीय सुरक्षाकर्मीको टोलीले निर्घात कुटपिट गरेको हो ।

कुटपिटबाट घाइते मियाँको कलैयाको अस्पतालमा  उपचार भइरहेको छ ।

भारतीय एसएसबीको ज्यादतीको बिरोधमा स्थानीयले मटिअर्वा नसकामा भारतीय प्रहरीको गाडी तोडफोड गरेका छन् ।

ज्यादतीको बिरोधमा उत्रिएका स्थानीयले नाकामा प्रदर्शन गर्दै कुटपिटमा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारवाहीको माग गरेका छन् ।

 

Related posts

रौतहटको वाग्मती नदीमा डुबेर दुइ जना बालकको मृत्यु

MadhesKhabar

वीरगन्जको चोर्नीमा ट्याक्टरको ठक्करबाट घाइते भएका महत्तोको मृत्यु

MadhesKhabar

व्यपारी कुट्ने प्रहरीलाई कारबाही गर्न मुख्यमन्त्री साेनलकाे निर्देशन

MadhesKhabar

Leave a Comment