Madhes Khabar
समाचार

पत्रकार सर्राफको निधनले पत्रकारीता क्षेत्रमा ठूलो क्षति : प्रेस चौतारी बारा

मधेसखबर
वीरगन्ज,१५ मंसिर : वीरगन्जका पत्रकार नरेश सर्राफको असमायिक निधन प्रति प्रेस चौतारी नेपाल बाराले शोक व्यक्त गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्साका कार्य समिति समेत रहेका ३८ वर्षिय पत्रकार सर्राफको बिहीबार बिहान हृदयघातबाट निधन भएको थियो ।

प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीले बिहीबार अपरान्ह एक शोक विज्ञप्ति जारी गर्दै ३८ वर्षकै अल्पआयुमा पत्रकार सर्राफको दुखद निधनले सबैलाइ मर्माहित बनाएको जनाएका छन् ।उनले सर्राफको निधनले पत्रकारीता क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै स्वर्गीय सर्राफ प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना पनि व्यक्त गरेका छन् ।

Related posts

वीरगन्जमा श्राेत नखुलेकाे ६ लाख नगदसहित एक भारतीय पक्राउ

MadhesKhabar

ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवमा संलग्न ६ जना पक्राउ

MadhesKhabar

सई यादवको सफलता : भन्सारी छलीका ४२ लाख बढीको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment