वीरगन्ज १, फागुन:जिल्ला प्रहरी कार्यालय पर्साले ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा संलग्न ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरस्थित एक गोदाममा भन्सार छलि चोरीपैठारी गरी ल्याइएका सामानहरू अवैध रूपमा भण्डारण गरिएको सूचनाका आधारमा सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो।
छापा मार्ने क्रममा गोदाममा रहेका व्यक्तिहरूले ढुङ्गामुढा प्रहार गर्ने तथा सवारी साधन तोडफोड गर्ने कार्यमा संलग्न भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका माथि पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूहरुमा वीरगञ्ज–१० का ४६ वर्षीय प्रमोद कुमार कानु, वीरगञ्ज–१ का ३८ वर्षीय दिपराज सहनी मलाह,वीरगञ्ज–१० का २० वर्षीय कुन्जन सर्राफ,भारत मोतिहारीका ४० वर्षीय प्रभु महतो, भारत भागलपुरका ३५ वर्षीय पुतम कुमार चौधरी, बिन्दवासिनी–५ का ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह रहेका छन्
प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

