Madhes Khabar
समाचार

प्रधानमन्त्री बालेन शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौं,२९ चैतः प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायतका नेताहरुलाई गालीगलौज र अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा प्रहरी युट्युबरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी पाँचथरको टोलीले युट्युबर रोशन पोखरेललाई पक्राउ गरेको हो ।

फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर पोखरेललाई पक्राउ गरेर अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको पाँचथरका डीएसपी अनिश कर्णले बताए । प्रहरीको साइबर ब्युरोको अनुसन्धानको आधारमा उनी पक्राउ परेका हुन् ।

‘हेड्स’ नामका युट्युब च्यानलमा प्रसारित सामग्रीको आधारमा उनी पक्राउ परेका हुन् । शुक्रबार पक्राउ गरेर आरोपी विरुद्ध प्रहरीले साइबर अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।साभारःरातोपाटी

Related posts

वीरगन्जको नगवामा घरबाट गाँजा बेच्दैं गरेको अवस्थामा एक बालक पक्राउ

MadhesKhabar

पर्साको देउरीयामा धान खेतबाट ठूलो परिमाणमा चरेस बरामद, खेतधनी फरार

MadhesKhabar

सभामुख डीपी अर्यालकै गाडीलाई ट्राफिकले काट्यो चिट

MadhesKhabar

Leave a Comment