Madhes Khabar
समाचार

सभामुख डीपी अर्यालकै गाडीलाई ट्राफिकले काट्यो चिट

काठमाडौं,२वैशाख:सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

काठमाडौंकाे थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई पनि चिट काटिएको छ ।

थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो ।बुधबार ट्राफिक प्रहरीले सिंहदरबारमै गएर चिट काटेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय स्रोतले चिट काटेको पुष्टि गरेको छ । ‘नियम उल्लंघन गर्ने सबै समान हुन् । यसको, उसको गाडीभन्दा पनि नियम उल्लंघन गर्ने गाडीलाई चिट काटिएको हो’, ट्राफिक प्रहरी स्रोतले भन्यो ।

लेन क्रस गर्ने क्रममा उक्त गाडीलाई चिट काटिएको हो ।

Related posts

पर्सा जिल्लामा ७० प्रतिशत भन्दा बढि मतदान

MadhesKhabar

नेपाल राष्ट्रिय शिक्षक संगठन सखुवा प्रसाैनीकाे अध्यक्षमा थारु चयन

MadhesKhabar

वीरगन्जमा किराना पसलमा गाँजा बेच्ने पसले पक्राउ

MadhesKhabar

Leave a Comment