Madhes Khabar
समाचार

पर्सा जिल्लामा ७० प्रतिशत भन्दा बढि मतदान

मधेसखबर
वीरगन्ज,३० बैशाख
: पर्सा जिल्लामा स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार ७० प्रतिशत भन्दा बढि नै मतदान भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि २०७४ को निर्वाचनमा भने पर्सामा ६५ प्रतिशत मात्रै मतदान भएको थियो ।
पर्सामा शुक्रबार केहि स्थानमा बाहेक अधकिांश पालिकामा शान्तिपूर्ण रुपम मतदान सम्पन्न भएको छ । एक महानगरपालिका , ३ पालिका र १० गाँउपालिका गरि १४ वटा पालिका रहेको पर्सा जिल्लामा आज भएको मतदानमा मतदाताले उत्साहपूर्वक भाग लिएका छन् ।जिल्लाका १६७ मतदानस्थलमा बिहान ७ बजे देखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो ।
पर्साका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले यकिन विवरण संकलन भइरहेपनि अहिले साँझ सम्म प्राप्त विवरण अनुसार करिब ७० प्रतिशत भन्दा बढि नै मतदान भएको अनुमान रहेको बताए । हरेक पालिकाका मतदान केन्द्रमा अहिले मतपेटिकाको मुचुल्का उठाएर सिल गर्ने काम भइरहेको पौडेलले जानकारी दिए ।
केहि पालिकाहरुमा भने मतदानस्थलबाट मतपेटिका मतगणनास्थलमा ल्याउने काम पनि भइरहेको उनले बताए ।
मत पेटिकाहरु सम्बन्धित पालिकाका मतगणनास्थलमा पुरयाएपछि मात्रै खसेको मत प्रतिशतको यकिन विवरण सार्वजनिक गरिने उनले बताए ।
उनका अनुसार , छिपहरमाई गाउँपलिकाको वाड नम्बर १ मिर्जापुर मतदानस्थलमा भने शुक्रबार मतदान भइरहेकै बेला दुइ पक्ष बिच झडप भएको थियो । त्यहाँ अवस्थालाई नियन्त्रण गर्न प्रहरीले करिब एक दर्जन राउण्ड हवाई फायर गर्नुपरेको थियो ।केहीबेर अवस्था तनावग्रस्त भएपछि स्थिती नियन्त्रणमा ल्याउन प्रहरीले केही राउण्ड हवाई फायर गर्नु परेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । हवाइफायर गरेपछि स्थिती नियन्त्रणमा आएको र त्यसपछि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको उनले बताए । नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार मनोज गुप्ता र नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार नविन सिंहका समर्थकहरु बीच बिवाद सुरु भएर झडपको अवस्था बनेको थियो । त्यसैगरी छिपहरमाई गाउँपलिका कै वार्ड नम्बर २ चेरगहाँ मतदानस्थलमा शुक्रबार बिहान एक चरण विवाद भएर शान्त भएको थियो। दिउँसो साढे १२ बजेदेखि त्यहाँ फेरी तनाव भएर झडपको अवस्था बनेको स्थानीयले जनाएका थिए । एमालेका उम्मेदवार गुप्ताले जनता समाजवादी पार्टी (जसपा)का समर्थकलाई हातपात गरेको आरोप जसपाका कार्यकर्ताले लगाएका थिए ।

Related posts

सुन तस्करी काण्डमा पूर्वसभामुख महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर

MadhesKhabar

वीरगन्जका क्यासिनोहरुमा मध्यरातमा छड्के अनुगमन :नेपाली नागरिक नभेटिएको प्रहरीको दाबी

MadhesKhabar

राजनीतिक दल वा निर्वाचन प्रतिनिधिले सवारी साधनको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने

MadhesKhabar

Leave a Comment