Madhes Khabar
समाचार

सुन तस्करी काण्डमा पूर्वसभामुख महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं,२६चैतः विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सभामुख महरा र सहसचिव पोखरेल तथा महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर बिहीबार करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो ।

पुस २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको आरोप अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

Related posts

ठाकुररामको मतगणना विवादबारे उच्च अदालतको आदेश, १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन

MadhesKhabar

पर्सामा कूल उम्मेदवार ३३३७ , वीरगन्जको मेयरमा ३० जना

MadhesKhabar

पत्रकार महासंघ पर्साका नवनिर्वाचित सदस्य प्रमोद यादव सम्मानित

MadhesKhabar

Leave a Comment