Madhes Khabar
समाचार

सुख्खाग्रस्त मधेसमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाडौं,१५साउनः राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी व्यवस्थाका लागि आवश्यक बजेट व्यवस्थापन गरि तत्काल समस्या पुरा गर्न सरकारलाई निर्देशन दिएको हो।त्यस्तै देशका अन्य स्थानमा पनि खानेपानीको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति कमला पन्तले जानकारी दिइन्।

बैठकले मधेस प्रदेशलगायत देशैभर देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि अध्ययन गरी प्रतिवेदन बुझाउन सांसद उर्मिला अर्यालको संयोजकत्वमा समिति पनि गठन गरेको उनले बताइन् ।

बैठकमा समिति सदस्यहरुले मधेशका जनताका लागि तत्काल खानेपानी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। समिति सदस्य नारायणकाजी श्रेष्ठले जनताको पहिलो आवश्यकताको रुपमा रहेका खानेपानीको उचित व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताए।साभारःअन्नपूर्णपोष्ट

 

Related posts

सिमलतालमा त्रिशुली नदीमा खसेको गणपति डिलक्सको बस डेढ वर्षपछि भेटियो

MadhesKhabar

बारामा गाँजा र ट्रकसहित ५ जना पक्राउ

MadhesKhabar

एमालेको आरोप – जसपाको चुनावी सभामा बालबालिकाको प्रयोग

MadhesKhabar

Leave a Comment