Madhes Khabar
समाचार

प्रजातान्त्रिक बिचार समाज धनुुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित

धनुषा,१२असारःप्रजातान्त्रिक बिचार समाज धनुुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित भएका छन । समाजको कन्द्रिय समितिले झालाई धनुुषा अध्यक्षको जिम्मा दिदै मधेस प्रदेशभरी संगठन विस्तार गर्ने अख्तीयारीपनि प्रदान गरेको छ।

धनुुषा शाखाका अध्यक्षको जिम्मा पाएका पत्रकार झा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्यसमेत हुन् ।झा नेपालका मुलधारको पत्रकारितामा विगत डेढ दशक यता सक्रिय छन् । उनले कान्तिपुर दैनिक, हिमाल खवरपत्रिका, अन्नपुर्ण पोष्ट र नयां पत्रिकामा काम गरिसकेका छन ।

प्रजातान्त्रिक बिचार समाज नेपाली काँग्रेस निकट बुद्धजिवीहरुको संगठन हो ।यो संगठनले प्रजातान्त्रिक मुल्य र मान्यतामा आधार भएर विचार निर्माणमा सक्रिय रहदै आएको छ ।

नेपाली काँग्रेस निकट विभिन्न क्षेत्रका बुद्धिजिवीहरुको सक्रियतामा २०५२ सालमा संस्थापित समाजको केन्द्रिय अध्यक्ष वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले छन् । समाजको सबै जिल्लाहरुको साथै देश बाहिर पनि संगठन रहेको छ।

धनुुषा शाखाको अध्यक्षको जिम्मा पाएपछि झाले आफनो नेतृत्वमा जिल्ला कमिटी निर्माण गर्नुको साथै मधेस प्रदेशका अन्य जिल्लाहरुमा समेत जिल्ला शाखाहरु गठन गर्ने बताएका छन् ।

Related posts

पर्सामा रवि लामिछानेविरुद्ध किन रोकियो मुद्दा ?

MadhesKhabar

क्षतिग्रस्त भएका खानेपानी प्रणालीहरूलाई तत्काल पुनःस्थापना गर्न मन्त्री यादवको निर्देशन

MadhesKhabar

लिपनीविर्ताको शक्ति युवा क्लबको अध्यक्षमा सुबोध श्रीवास्तव

MadhesKhabar

Leave a Comment