Madhes Khabar
समाचार हेडलाइन

फागुन ४ देखि १८ गतेसम्म प्रतिनिधिसभा निर्वाचन प्रचार–प्रसारको समय तोकियो

वीरगन्ज,३ फागुन:निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म चुनावी प्रचार–प्रसारको समयसीमा तोकेको छ। आयोगले सरोकारवालाहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन समेत दिएको छ।

निर्वाचन आयोगका अनुसार तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल तथा उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित अवधि प्रदान गरिएको हो।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ३ गते राति १२ बजेदेखि फागुन १८ गते राति १२ बजेसम्म प्रचारप्रसारको समयसीमा कायम रहने जानकारी दिए।

उनका अनुसार प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूले निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्नुपर्नेछ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षलाई नियमको पालना गर्न आग्रह गरेको छ।

Related posts

वीरगन्जका अग्रज पत्रकार ध्रुब अधिकारी रेडियो नेपालकाे दीर्घ सेवा पदकबाट विभूषित

MadhesKhabar

वीरगन्ज कृषि औजार कारखानाका लागि किताब बेचेर महावीर पुनले धरानमा उठाए झन्डै १ करोड

MadhesKhabar

वीरगन्जमा पनि मनाइयाे विश्व क्षयरोग दिवस

MadhesKhabar

Leave a Comment