Madhes Khabar
समाचार

सर्लाहीबाट अवैध रूपमा भारत छिर्न खोजेका दुई थाई नागरिक पक्राउ

रौतहट,२१चैत: सर्लाहीमा सशस्त्र प्रहरीले थाईल्याण्डका दुई जना नागरिकलाई नियन्त्रणमा लिएको छ।नेपाल भारत सीमा क्षेत्र अन्तर्गत मलंगवा नगरपालिका–९ पिपलबोट सीमा क्षेत्रबाट सशस्त्र प्रहरीको गस्ती टोलीले भारततर्फ जाँदै गरेका दुई जना थाइल्यान्डका नागरिकलाई नियन्त्रणमा लिएको हो।

सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लीला बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले मलंगवाबाट अवैध बाटो प्रयोग गरी भारततर्फ जाँदै गरेका थाइल्यान्ड निवासी ३६ वर्षीय मिस नाथाया विआंग्युन र ४० वर्षीय मिस जुतारात सोंगखानजुनलाई नियन्त्रण लिएको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक लीला कार्कीले जानकारी दिए।

Related posts

वीरगन्ज भन्सारबाट सशस्त्र प्रहरीद्वारा हुण्डीकाे ९ लाख रकमसहित एक जना पक्राउ

MadhesKhabar

पर्साको भलुवाही खोलाको झाडीबाट ठूलो परिमाणमा चरेस बरामद

MadhesKhabar

सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : भीम रावल

MadhesKhabar

Leave a Comment