Madhes Khabar
राजनीति समाचार

सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : भीम रावल

मधेसखबर
वीरगञ्ज , साउन २० : नेकपा एमालेका नेता तथा सांसद डा.भीम रावलले विपरीत सिद्धान्त हुँदा हुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तर क्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनितिक दलहरुको आ–आफ्नो सिद्धान्त भएकोले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत हुने बताए ।

उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको बताए ।

नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनितिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहीन दिशा तर्फ धकेल्ने बताए । आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त र नितिमा अगाडी बढेर आफ्नो घोषणा पत्रका आधारमा मत माग्नुपर्ने उनको भनाइ छ ।

उनले नेकपा एमालेको समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरुलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारे । साभारः अनलाईनखबर

Related posts

हावाहुरीले रूख ढाल्दा च्यापिएर २ जनाको मृत्यु

MadhesKhabar

जेनजी आन्दोलनका क्रममा लुटिएको पेस्तोल र पेस्तोलमा लाग्ने गोलि सहित एक युवक पक्राउ

MadhesKhabar

१ करोडको बीमा रकम हत्याउन आफ्नै पसलमा आगो लगाउने पर्साका लोहार पक्राउ

MadhesKhabar

Leave a Comment