Madhes Khabar
समाचार हेडलाइन

जेनजी आन्दोलनका क्रममा लुटिएको पेस्तोल र पेस्तोलमा लाग्ने गोलि सहित एक युवक पक्राउ


वीरगंज ४ , फागुन : जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिएका छन् । स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाई–छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार छापा मारेको थियो।

प्रहरीले उनका २२ वर्षीय छोरा सौगात थापा मगरले घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाई–छिपाई राखेको ९८९ एमएमको पेस्तोल एक थान र गोली ४० राउन्ड बरामद गरेको हो। घटनामा संलग्न सौगात भने फारर रहेको प्रवक्ता खड्काले जानकारी दिए। लुटपाटमा संलग्न राजवंशीलाई मुलुकी अपराधसंहिता २०७४ बमोजिम कारबाही हुने प्रवक्ता खड्काले जानकारी दिए।

Related posts

पर्साको निर्मलबस्तीबाट सशस्त्र प्रहरीद्धारा १० पोका गाँजा बरामद

MadhesKhabar

काठमाडौंमा फलफुल बेच्ने पर्साका एक युवक हुण्डीको ८१ लाख रुपैयाँसहित पक्राउ

MadhesKhabar

सुक्खा र संकटग्रस्त मधेसको समस्या बुझ्न संघ सरकारले पठाएको अनुगमन टोली वीरगन्जमा

MadhesKhabar

Leave a Comment