Madhes Khabar
समाचार

पर्साको निर्मलबस्तीबाट सशस्त्र प्रहरीद्धारा १० पोका गाँजा बरामद

वीरगन्ज,२५मंसिरःपर्साको ठोरी गाँउपालिका वडा नम्बर ४ निर्मलबस्तीबाट सशस्त्र प्रहरीले लागू औषध गाँजा १० पोका बरामद गरेको छ ।सशस्त्र प्रहरी बेस क्याम्प सुर्वणपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले १० वटा पोकामा रहेको ९१ केजी गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार, नाम्लो बनाएर ढाडमा गाँजाको भारी बोकेर सीमावर्ती भारतर्फ जाँदै गरेका १० जना भरियाहरु सशस्त्र प्रहरीको टोलीलाई देख्ने बित्तिक्कै गाँजाको पोका फालेर भागेका थिए ।ती १० वटा पोका नियन्त्रणमा लिएर हेर्दा त्यसमा ९१ केजी गाँजा भेटिएको योन्जनले बताए । बरामद गाँजा बिहीबार नै ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको उनले जानकारी दिए ।

Related posts

बारामा गाँजासहित दुई युवक पक्राउ

MadhesKhabar

वीरगन्जको अलौंबाट सशस्त्र प्रहरीद्वारा साढे ६ लाखको मोबाइल पार्टस् बरामद

MadhesKhabar

मधेस प्रदेशका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउने अदालतको आदेश

MadhesKhabar

Leave a Comment