वीरगन्ज,१४साउनःवीरगन्ज–१७ अलौंस्थित आइसीपी क्षेत्रबाट सशस्त्र प्रहरीले साढे ६ लाख भन्दा बढी मूल्यको मोबाइल पार्टससहित एउटा मोटरसाइकल बरामद गरेको छ ।
भारतबाट भन्सार राजश्व छलेर मोटरसाइकलमा ल्याउँदै गरिएको ६ हजार ७७ हजार ६३६ रुपैयाँ बराबरको मोबाइल पाट्र्स र तस्करीमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल सशस्त्र प्रहरीले बुधबार बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति एंव सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए ।
बरामद मोबाइल पार्टस र मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले जानकारी दिए ।

