Madhes Khabar
समाचार हेडलाइन

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं,१९फागुन:निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए ।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ।साभार:नेपालप्रेस

Related posts

साधुकाे भेषमा रहेका भारतीय नागरिक चरेससहित वीरगन्जबाट पक्राउ

MadhesKhabar

पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा भुलन सोनार निर्वाचित

MadhesKhabar

वीरगन्जमा तेब्बरले बढ्यो प्याजको भाउ, ग्राहक भन्छन् : भाउ सुन्दै पसिना आउँछ

MadhesKhabar

Leave a Comment