Madhes Khabar
समाचार

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना, अरु कति छ सम्पत्ति ?

काठमाडौं,२९चैत: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक भएको विवरण अनुसार, प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ ।

सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री शाहले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् ।

उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् ।उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् ।

त्यस्तै बालेनकाे बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको विवरणमा उल्लेख छ। त्यस्तै काठमाडौंमा ९ आना र धनुषामा १ विघा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ।

Related posts

पर्साको भौराटारबाट गाँजा र अफिमसहित एक युवक पक्राउ

MadhesKhabar

एम्बुलेन्समा पटकाको तस्करी

MadhesKhabar

पटेर्वासुगौलीबाट ठूलो परिमाणमा सालको काठ बरामद

MadhesKhabar

Leave a Comment