Madhes Khabar
समाचार

वीरगन्जका पत्रकार शंकर आचार्य जनकपुरमा सम्मानित

जनकपुर,२४चैत:नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले कान्तिपुरका पर्सा संवाददाता शंकर आचार्यलाई सम्मानित गरेको छ ।

जनकपुरमा मंगलबार आयोजना गरिएको महासंघको सातौं प्रदेश सभामा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कान्तिपुरकर्मी आचार्यलाई सम्मान-पत्र प्रदान गरेका हुन् ।

सञ्चार क्षेत्रको विकासमा समर्पित रहेर उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको र उद्योग वाणिज्यका गतिविधिलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेको भन्दै आचार्यलाई सम्मानित गरिएको महासंघका मधेस प्रदेशका निवर्तमान अध्यक्ष अशोकुमार टेमानीले जानकारी दिए ।

Related posts

बाराका कांग्रेस नेता तथा संविधानसभा सदस्य यादवकाे निधन

MadhesKhabar

पर्साको विश्रामपुरबाट ६ पोका गाँजा बरामद

MadhesKhabar

वीरगन्जमा ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

MadhesKhabar

Leave a Comment