Madhes Khabar
समाचार

सशस्त्र प्रहरीद्वारा वीरगन्ज नाकाबाट तस्करीको १० लाख बढीको सामान बरामद

वीरगन्ज,१९असोजःभारतबाट तस्करी गरि ल्याइएका १० लाख रुपैयाँ भन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले वीरगन्ज नाकाबाट बरामद गरेको छ । ती सामानको तस्करीमा प्रयोग गरिएको एउटा स्कूटरपनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगन्जको इनर्वा नाकास्थित वीरगन्ज भन्सारमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीले औषधि,मोटरपार्टस्,जुत्ता,श्रृंगाार सामग्रीसहित १० लाख १२ हजार ३८७ रुपैयाँ मूल्यको सामान बरामद गरेको हो । भारतको रक्सौलबाट तस्करहरुले ल्याउँदै गरेका ती सामान वीरगन्ज भन्सार क्षेत्रबाट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रवक्ता एंव सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिए।

तस्करीको सामान ओसार्न प्रयोग गरिएको बीआर ०५ एएम ६५१५ नम्बरको स्कुटरपनि नियन्त्रणमा लिइएको उनले बताए ।बरामद सामान र स्कुटर आवश्यक कारबाहीका लागि शुक्रबार नै साँझ वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए ।

Related posts

अजय चौरसियालाई समर्थन गर्दै बहुदरमाई–३ का वडाध्यक्षसहित दर्जनौ व्याक्तिहरु कांग्रेसमा प्रवेश

MadhesKhabar

यातायात कार्यालयका अधिकृत र बिचौलिया घुससहित पक्राउ

MadhesKhabar

फागुन २१ को निर्वाचन लक्षित पर्सामा चार तहको सुरक्षा घेरा, तेस्रो घेरामा नेपाली सेना

MadhesKhabar

Leave a Comment