Madhes Khabar
समाचार

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवान चौधरीको मृत्यु

वीरगन्ज,१३ कात्तिकः रौतहटमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा प्रहरी जवानको मृत्यु भएको छ । उक्त दुर्घटनामा मृतक प्रहरी जवानकी श्रीमती गम्भीर घाइते भएकी छन्।

मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका–४ पोखरभिन्डा घर भई हाल बाराको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी जवान ३५ वर्षीय सुभाष चौधरी रहेका छन् । दुर्घटनामा चौधरीकी श्रीमति ३० वर्षीया निशा खड्का घाइते भएकी छन् । उनि पनि प्रहरी जवान हुन् ।

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ मा बिहीबार बेलुकी ना २ त ४७८६ नम्बरको ट्याक्टरले बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।दुर्घटनामा मोटरसाइकलका चौधरी र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमति ३० वर्षीया खड्का दुवै जना घाइते भएका थिए।

घाइते ती दुवै जनाको वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेकोमा राति ८ बजे चिकित्सकले चौधरीलाई मृत घोषित गरेका थिए । घाइते खड्काको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।

Related posts

मःम पसलमा ग्यास सिलिण्डर विस्फोट हुदाँ १४ जना घाइते

MadhesKhabar

नेपालको राष्ट्रिय फल सुन्तला घोषित

MadhesKhabar

पर्साको देउरियास्थित खेतबाट २० केजी चरेस बरामद

MadhesKhabar

Leave a Comment