Madhes Khabar
समाचार

पर्साको देउरियास्थित खेतबाट २० केजी चरेस बरामद

फाइल फाेटाे

प्रमोद यादव
पर्सा,१साउनःपर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ देउरियाबाट ठूलो परिमाणमा लागू औषध चरेस प्रहरीले बरामद गरेको छ ।देउरियाबाट कअवा जाने सडक छेउको खेतमा बेवारिसे अवस्थामा बोराभित्र राखिएको २० किलोग्राम चरेस प्रहरीले सोमबारराति बरामद हो ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीको गस्ती टोलीले सडक छेउको खेतमा बेवारिसे अवस्थाममा रहेको बोराबाट २० केजी चरेस बरामद गरेको प्रहरी निरीक्षक मोहनजंग बुढा थापाले जानकारी दिए।

खेतमा बेवारिसे अवस्थामा भेटिएको चरेस कसले र किन राखेको भन्ने बारेमा अहिलेसम्म खुल्न नसकेको र यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीिक्षक दीपक भाारतीले बताए ।

 

Related posts

कांग्रेसको आन्तरिक मूल्याङ्कन : मधेसका धेरै क्षेत्रमा चुनौती, बारा–४ मा रास्वपाका रहबर बलियो

MadhesKhabar

सई यादवको ठूलो सफलता : परालको भुस लोड रहेको ट्रकबाट ८ क्युन्टल काजु बरामद

MadhesKhabar

हावाहुरीले रूख ढाल्दा च्यापिएर २ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment