Madhes Khabar
समाचार

भारतमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन नेपाली दूतावासको अनुरोध

काठमाडौं,२६बैशाख: भारतमा रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ।भारतकाे नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहलगाम आक्रमणपछि भारत र पाकिस्तान बीच भएको विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो।

नेपाली दूतावासले शुक्रबार विज्ञप्ति जारी गरेर भारत सरकारले जारी गरेको सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह पनि गरेको छ। ‘भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुनसक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न अनुरोध छ,’ नेपाली दूतावासले भनेको छ।

भारतमा बस्ने नेपालीहरूलाई आवश्यक सहयोग लागि नेपाली दूतावासले सम्पर्क नम्बर पनि जारी गरेको छ।

Related posts

वीरगन्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन वटा सबस्टेसन निर्माण अन्तिम चरणमा 

MadhesKhabar

वीरगन्ज महानगरको कार्यपालिका सदस्यका लागि मतदान जारी

MadhesKhabar

बारामा उत्पादित अवैध घरेलु मदिरा ट्रकमा ओसारेर वीरगन्जमा आपुर्ति

MadhesKhabar

Leave a Comment