Madhes Khabar
समाचार

ध्वनि प्रदूषण गर्न ग्यारेजमा मोटरसाइकल मोडिफाई गरिदिने आलम पक्राउ

चितवन,२६पुस:चितवनमा ध्वनि प्रदूषण गर्न मोटरसाइकल मोडिफाई गरिदिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकलमा ध्वनि प्रदूषण गराउने पार्टपुर्जा हाल्दै गर्दा भरतपुर–९ स्थित ग्यासोलिन इन्फिल्ड मोटरसाइकल ग्यारेजमा काम गर्ने २५ वर्षीय अफसर आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतबाे मोतिहारी घर भई हाल भरतपुरकाे उक्त ग्यारेजमा काम गर्ने ऋलमलाई मोटरसाइकलमा ध्वनि प्रदूषण गराउने पार्टपुर्जा हाल्दै गरेको अवस्थामा पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका आलममाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मोटरसाइकलबाट चर्काे आवाज निकाली ध्वनि प्रदूषण गरेको जनगुनासोको आधारमा आलमलाई पक्राउ गरिएको मिश्रले बताए ।

चितवनकाे ट्राफिक प्रहरीले गत पुस २१ गते तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ३० वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरेको थियो ।

ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले बागमती प्रदेशको ऐन अनुसार ७ देखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्दै आएको छ ।

Related posts

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

MadhesKhabar

पर्सा : परालभित्र लुकाएर राखिएको २० पोका गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment