Madhes Khabar
समाचार

बारामा सुमाेकाे ठक्करबाट मृत्यु भएका युवककाे पहिचान खुल्याे

वीरगन्ज,२६भदा‌ं:वीरगन्ज–कलैया सडकखण्ड अन्तर्गत बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका –२३ गार्डेन भ्यु रिसोर्ट नजिकै बिहीबारराति टाटा सुमोको ठक्करबाट मृत्यु भएका युवकको सनाखत भएको छ।

मृतक बाराकै प्रसौनी गाउँपालिका–५ प्रस्टोकाका १९ वर्षीय अलोक कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनका बुबा सुभाषकुमार साहले शुक्रबार बिहान शवको सनाखत गरेका हुन्।

बिहीबार राति करिब ९ः१० बजे वीरगन्जबाट कलैयातर्फ जाँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका साहलाई ठक्कर दिएको थियो। गम्भीर घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया हुँदै परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा राति १०ः३५ बजे उपचारका क्रममा मृत्यु भएको थियाे।

बाराका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार दुर्घटनामा संलग्न सुमो र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Related posts

पर्सा :जग्गा विवादमा भाईमाथि बन्दुक ताकेर हान्न खाेज्ने दाई हतियारसहित पक्राउ 

MadhesKhabar

वीरगञ्जबाट ठुलो परिमाणमा गाँजा बरामद

MadhesKhabar

वीरगन्जमा भएको कुटपिटमा संलग्न एक युवक पक्राउ

MadhesKhabar

Leave a Comment