Madhes Khabar
समाचार

पर्सा :जग्गा विवादमा भाईमाथि बन्दुक ताकेर हान्न खाेज्ने दाई हतियारसहित पक्राउ 

वीरगन्ज,२७चैत:पर्सामा जग्गाको विषयमा भएको झगडाका क्रममा आफ्नै भाईमाथि बन्दुक ताकेर चलाउन खोज्ने एक जना पक्राउ परेका छन् ।
जग्गाको विषयमा दाजुभाइबीच झगडा हुँदा बन्दुक निकालेर चलाउन खोज्ने दाईलाई कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरीले सखुवा प्रसौनी गाउँपालिका–६ एकडर्वा बस्ने ६० वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
उनका अनुसार बुधबार गाउँमा जग्गाको विषयमा वीरेन्द्र र उनका भाइ ५५ वर्षीय सिकेन्द्र यादवबीच झगडा भइरहेको थियो। त्यही बेला दाजु विरेन्द्रले आफूसंग भएको कटुवा पेस्तोलले निकालेर चलाउन खोजे ।वीरेन्द्रले बन्दुक प्रहार गर्न खोज्न लाग्दा घटनास्थलमा पुगेको प्रहरीले लगत्तै उनलाइ पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।
वीरेन्द्रको साथबाट एक थान कटुवा पेस्तोल र चार राउण्ड गोली बरामद भएको पर्सा प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।
प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले यादवलाइ पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले ना २३ प ४८७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको लम्सालले बताए ।
बन्दुक र गाेली सहित पक्राउ परेका वीरेन्द्रलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको र उनिविरुद्ध हातहतियार तथा खरखजाना कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनकाे म्याद लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक लम्सालले जानकारी दिए ।

Related posts

वीरगन्ज उद्योग वाणिज्य संघकाे वाणिज्य समिति सदस्यमा आकाश सर्राफ मनाेनित

MadhesKhabar

भ्रष्टाचारी र घुसखोरीवालाहरुको दिन सकिएको राजेशमानको दाबाी

MadhesKhabar

पर्सा प्रहरीद्वारा १ वर्षमा १ हजार ५११ फरार अपराधि पक्राउ, ३ करोड ५५ लाख जरिवाना असुल

MadhesKhabar

Leave a Comment