Madhes Khabar
समाचार

गृह मन्त्रालयको जिम्मेवार मानिस हुँ भन्दै हिँडेका युवक पक्राउ

काठमाडौं,१४असार:गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा पहुँच राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्।

उनले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेका थिए।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Related posts

पराेहामा कल्भर्टमा डुबेर एक बालिकाको मृत्यु

MadhesKhabar

नेपाली नाकाबाट भारतमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन

MadhesKhabar

ठोरीको एक घरमा प्रहरीले मध्यरातमा छापा मार्दा डेढ क्युन्टल बढी गाँजा बरामद,घरधनी फरार

MadhesKhabar

Leave a Comment