Madhes Khabar
समाचार

नेपाली नाकाबाट भारतमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन

फाइल तस्बिर ।

काठमाडौ,२६बैशाखः नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल–भारत सीमा क्षेत्रमा भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ । चिनियाँ दूतावासले आफ्ना नागरिकलाई नेपालतर्फबाट भारतीय भूमिमा प्रवेश नगर्न चेतावनी जारी गरेको हो ।

गत बुधबारमात्रै वीरगन्ज नाका हुदैं भारतको रक्सौलमा प्रवेश गरेका चार जना चिनियाँ नागरिकलाई मितेरी पुलबाट भारतीय एसएसबीले पक्राउ गरेको थियो। उक्त घटनापछि शुक्रबार चिनियाँ दूतावासले आफ्ना नागरिकलाई नेपालतर्फबाट भारतीय भूमिमा प्रवेश नगर्न चेतावनी जारी गरेको हो ।

भारत पाकिस्तान युद्धसँगै नेपाल भारत सीमा क्षेत्रमा कडा सुरक्षा बढाइएको छ ।चिनियाँ दूतावासको वीच्याट च्यानलमा चाइनिज भाषामा सो ट्राभल एडभाइजरी जारी भएको हो । नेपाल र भारत दुवै देशले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको र तनावको स्थिति रहेको भन्दै चीनिया नागरिकलाई बोर्डर क्षेत्रमा नजान भनेको छ ।

दुवै देशबीच खुला सिमाना रहेको भन्दै दूतावसको सूचनामा भनिएको छ–कुनै पनि हालतमा गल्तीले पनि भारतीय भूमिमा प्रवेश नगर्नू ।

 

Related posts

दिल्ली स्थित नेपाली राजदूतावासमा शेख मुन्ना सम्मानीत

MadhesKhabar

बलिदानी दिवसमा मधेस सरकारले १ हजार दिएपछि शहिदका परिवारले गरे बवाल

MadhesKhabar

पर्सामा ठूलो परिमाणमा लागु औषध सहित १७ वर्षिय किशोर पक्राउ

MadhesKhabar

Leave a Comment